Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

अछाममा माटोको ढिस्काले पुरिएर देउरानी-जेठानीको मृत्यु

अछाममा माटोको ढिस्काले पुरिएर देउरानी-जेठानीको मृत्यु

सोमवार , फाल्गुण २६, २०८१

अछाम । अछाममा माटो खन्ने क्रममा ढिस्को खस्दा दुई महिलाको मृत्यु भएको छ।

मंगलसेन नगरपालिका–८, ओलिगाउँ सुतुडा मा माटो खन्ने क्रममा ढिस्को खस्दा दुई महिलाको मृत्यु भएको हो।

रातिमाटे भन्ने ठाउँमा माटो निकाल्ने क्रममा अचानक ढिस्को खस्दा उनीहरू पुरिएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा स्थानीय देउरुपा बोहरा र विनिता बोहरा रहेका छन् । उनीहरु जेठानी देउरानी रहेको बताइएको छ ।

माटोको ढिस्को ठूलो भएकाले अझै भित्र अरू पनि फसेका हुन सक्ने आशंका गरिएको छ।

घटनापछि स्थानीयबासी उद्दार कार्यमा जुटेका छन् भने प्रहरीलाई पनि खबर गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077