Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

ज्ञानेन्द्र शाहीको आरोप : पूर्वराजाको स्वागतमा प्रधानमन्त्रीकै निर्देशनमा आदित्यनाथको फोटो राखियो

ज्ञानेन्द्र शाहीको आरोप : पूर्वराजाको स्वागतमा प्रधानमन्त्रीकै निर्देशनमा आदित्यनाथको फोटो राखियो

सोमवार , फाल्गुण २६, २०८१

काठमाडौं । राप्रपा सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी ओलीको निर्देशनमा पूर्वराजाको स्वागतमा भारतीय मुख्यमन्त्री योगी आदित्यनाथको फोटो राखिएको आरोप लगाएका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत सांसद ज्ञानेन्द्रले यस्तो आरोप लगाएका हुन् । उनले प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले नै उक्त फोटो राख्न लगाएको पाइएको बताए ।

उनले यो घटनालाई नेपाली राष्ट्रिय झन्डासहितको स्वागत कार्यक्रममा असर पार्ने नियतसहित गरिएको ‘कुकर्म’ को संज्ञा दिएका छन् ।

उनले भने, “विदेशीको एजेन्डा र सिद्धान्तमा पार्टी चलाउनेहरूले ठूलो कुरा गरेको देख्दा अचम्म लाग्छ। माक्स, लेनिन, माओ कुन देशका हुन् ?” भन्दै वामपन्थी नेतृत्वमाथि कटाक्ष गरेका छन् ।

आइतबार पूर्वराजाको स्वागतमा काठमाडौंमा गरिएको पदर्शनमा आदित्यनाथको फोटो पनि प्रयोग गरिएको थियो । सोही विषयमा अहिले राप्रपासहित राजावादीहरुको विरोध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077