Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

काठमाडौं आइपुगे पूर्वराजा ज्ञानेन्द्र शाह, समर्थकहरुले गरे भव्य स्वागत

काठमाडौं आइपुगे पूर्वराजा ज्ञानेन्द्र शाह, समर्थकहरुले गरे भव्य स्वागत

आइतवार , फाल्गुण २५, २०८१

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन्।

पूर्वराजा शाह पोखरा विमानस्थलबाट चार्टर्ड विमानमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं आएका हुन्।

पूर्वराजा शाहको स्वागतमा राप्रपा, राप्रपा नेपाल लगायतका नेता कार्यकर्ताहरू विमानस्थलको गेटसम्म पुगेका छन्।

प्रहरीले उनीहरूलाई विमानस्थल प्रवेशमा रोकेको छ। पूर्वराजालाई स्वागत गर्न दिउँसो देखि नै राजावादी विभिन्न स्थानमा भेला भएर र्‍यालीसहित विमानस्थलको द्वारसम्म पुगेका थिए ।

विमानस्थलको द्वारमा आफ्नो गाडीमा उभिएर पूर्वराजाले आफ्नो समर्थकहरुको अभिनन्दन स्वीकार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077