Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

त्रिभुवन विमानस्थलबाहिर सुरक्षा व्यवस्था कडा

त्रिभुवन विमानस्थलबाहिर सुरक्षा व्यवस्था कडा

आइतवार , फाल्गुण २५, २०८१

काठमाडौं । त्रिभुवन विमानस्थलमा सुरक्षा व्यवस्था कडाइ गरिएको छ। आज दिउँसो ३ बजे पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउँदैछन्।

विभिन्न राजावादी संगठनहरू उनको स्वागतका लागि विमानस्थलसम्म जाने तयारी गरेका छन्।

त्यसकारण विमानस्थल बाहिर चेकजाँचमा कडाइ गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

विमानस्थल अनधिकृत व्यक्तिहरूलाई विमानस्थल प्रवेशमा रोक लगाइएको छ। हवाइ टिकट भएका यात्रु र स्टाफ बाहेक अरुलाई एयरपोर्ट छिर्ने निषेध गरिएको छ।

काठमाडौंको सबै स्थानमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान विभाग गरी झन्डै २४ सय सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077