Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

टेकुस्थित ढलभित्र छिरेका एक पुरुषको उद्धार

टेकुस्थित ढलभित्र छिरेका एक पुरुषको उद्धार

आइतवार , फाल्गुण २५, २०८१

काठमाडौं । टेकुस्थित ढलभित्र छिरेका एक व्यक्तिको प्रहरीले उद्धार गरेको छ ।

टेकुस्थित कनक पेट्रोल पम्प नजिकको ढलभित्र छिरेका पुरुषलाई विपद् व्यवस्थापन महाशाखा सामाखुसीको टोलीले उद्धार गरेको हो।

उद्धार गरिएका व्यक्तिको वतन खुल्न बाँकी रहेको प्रहरी वृत्त कालिमाटीले जनाएको छ ।

उद्धार गरिएका व्यक्ति अन्दाजी ३१र३२ वर्षका पुरुष रहेका छन् । आइतबार बिहान ६ः४५ बजे उनी ढलमा खसेका थिए ।

ढलमा खसेको जानकारी पाउनसाथ प्रहरीको विपद् व्यवस्थापनको टोलीले उद्धार गरेको हो ।

प्रहरीका अनुसार उद्धार गरिएका व्यक्ति सुस्त मनस्थितीको रहेका छन् । उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077