जाजरकोट । जाजरकोटमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
जिल्लाको छेडागाड नगरपालिका–१२ उम्रा निवासी राजु सिंहको गाडीको ठक्करबाट मृत्यु भएको हो ।
भारतको गुजरातबाट घर फर्किने क्रममा शुक्रबार राति करिब साढे ९ बजे छेडा बजार नजिकै उनलाई गाडीले ठक्कर दिएको थियो ।
सिंहलाई ठक्कर दिने गाडीबारे कुनै जानकारी नभएको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडीबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
पीडित पक्षले भने ठक्कर दिने गाडी र चालकलाई तत्काल पक्राउ गर्नुपर्ने भन्दै थलह बजारको सडकमा आन्दोलित बनेका छन् ।