Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

जीपको ठक्करबाट उदयपुरमा दिदीबहिनीको मृत्यु

जीपको ठक्करबाट उदयपुरमा दिदीबहिनीको मृत्यु

शुक्रवार , फाल्गुण २३, २०८१

उदयपुर । गाईघाटस्थित त्रियुगा बसपार्क जाने सडकखण्डमा गाडीको ठक्करबाट दुई जनाको मृत्यु भएको छ।

सडकको छेउमा उभिएका दिदीबहिनीको गाडीको ठक्करबाट मृत्यु भएको हो।

सप्तरीको राजविराज स्थायी घर भई गाईघाट बजारमा बस्दै आएकी १४ वर्षीया अनुकुमारी दास र १२ वर्षीया देवीकुमारी दासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

गाईघाट बजारबाट त्रियुगा बसपार्कतर्फ जाँदै गरेको प्रदेश नम्बर १ ०५–००१ च ०९२ नम्बरको जीपले डिएमगेट नजिक सडकको पेटीमा बसिरहेका दुवै जनालाई ठक्कर दिएको हो।

ठक्करबाट गम्भीर घाइते भएकी अनुकुमारीको घटनास्थलमा नै मृत्यु भएको हो।

अर्की घाइते देवीकुमारीको उपचारका क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ।

जिप चालक त्रियुगा नगरपालिका ९ गैरुन का १८ वर्षीय निर्जल कटुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077