Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

७ दमकल र १५ पानी ट्यांकर प्रयोग गरेर नियन्त्रणमा लिइयो कवाड कारखानाको आगलागी

७ दमकल र १५ पानी ट्यांकर प्रयोग गरेर नियन्त्रणमा लिइयो कवाड कारखानाको आगलागी

शुक्रवार , फाल्गुण २३, २०८१

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१०, बोसीगाउँस्थित आरएमबी प्लास्टिक प्याकेजिङ हाउस (कवाड कारखानामा) मा शुक्रबार आगलागी भएको छ । पुष्पा श्रेष्ठ र रमेश पोदारले संयुक्त रूपमा सञ्चालन गरेको उक्त कारखानामा आगलागी भएको हो ।

आगलागी नियन्त्रणमा प्रहरी वृत्त बालाजु, प्रहरी वृत्त थानकोट, प्रभागबाट ३२ जनाको टोली खटिएको थियो । आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए ।

आगो निभाउन सशस्त्र प्रहरी बल तथा स्थानीय समेत खटिएका थिए । कवाड कारखाना जलेर नष्ट भएको तथा क्षतिको विवरण आउन बाँकी रहेको उनले बताए । आगो निभाउन सात दमकल र १५ पानी ट्यांकर प्रयोग गरिएको थियो ।

आगो निभाउन चन्द्रागिरि नगरपालिका, विशालबजार वारुणयन्त्रको दमकल, बालाजुको वारुणयन्त्र, ललितपुर महानगरपालिकाको दमकल, भक्तपुर नगरपालिकाको दमकल, बौद्ध रामहिटीको दमकल र बूढानीलकण्ठ नगरपालिकाको दमकल प्रयोग गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077