Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

साँखुको टहरोमा अनियन्त्रित टिपर पस्यो, सुतिरहेका तीन जनाको मृत्यु

साँखुको टहरोमा अनियन्त्रित टिपर पस्यो, सुतिरहेका तीन जनाको मृत्यु

शुक्रवार , फाल्गुण २३, २०८१

काठमाडौं । काठमाडौंको एउटा टहरोमा टिपर ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।

बा २ क ६५८० नम्बरको टिपर अनियन्त्रित भई शुक्रबार बिहान युवराज थापाले सञ्चालन गरेको शंखरापुर​ नगरपालिका-६ साँखुस्थित द्वन्द्व पीडित तथा अपाङ्ग समाज संस्थाले बनाएको टहरोमा ठोक्किएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार अन्दाजी २१ वर्षीय आकाश र सुमन, यसैगरी अन्दाजी ४५ वर्षीय हरिजन रहेको मृत्यु भएको हो ।

उक्त टहरोमा ६१ जना बस्दै आएका थिए । टिपरले ठक्कर दिएको कोठामा १० जना सुतिरहेका थिए, जसमध्ये तीन जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका उनीहरूको नेपाल मेडिकल कलेजमा उपचारका क्रममा बिहान ४ः३० बजे मृत्युको बताइएको छ ।

टिपर चालक सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-१२ का २५ वर्षीय सागर माझीलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077