Online Nepal
  • शुक्रबार, १ चैत्र २०८१
  • धनगढीमा सुविधा सम्पन्न ‘शिव सागर होटल’ सञ्चालनमा

    धनगढीमा सुविधा सम्पन्न ‘शिव सागर होटल’ सञ्चालनमा

    अनलाइन नेपाल
  • बिहिबार, २२ फाल्गुन २०८१
  • 4.1K
    SHARES

    धनगढी । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा सुविधा सम्पन्न शिव सागर होटल एण्ड लज सञ्चालनमा आएको छ ।

    झण्डै आधा करोड लगानी गरेर सञ्चालनमा आएको शिव सागर होटल बिहीबारदेखि औपचारीक रुपमा सञ्चालन भएको हो । धनगढीस्थित ट्राफिक चौराहा नजिकै उक्त होटल खुलेको छ ।



    होटल सञ्चालक तथा युवा व्यवसायी रमेश बहादुर थापाका अनुसार झण्डै आधा करोडको लगानीमा होटल सञ्चालमा ल्याइएको हो । उनले आफ्नो होटेलमा खाना, बास बस्नसहित नास्ताको पनि व्यवस्था रहेको बताए ।

    साथै गाडी पार्किङको पनि सुविधा रहको छ । उक्त होटल सञ्चालमा आएसँगै अब काम गर्न नेपाल-भारत आवतजावत गर्ने नेपालीहरुका लागि खाना खान र बस्नका लागि सहज हुने विश्वास गरिएको छ ।

    साथै बास बस्नका लागि पनि एसी सहितका कोठाहरु पनि रहेको होटल सञ्चालक थापाले बताए । उनले आफ्नो होटलमा अन्य ठाउँका भन्दा सर्वशुलभ रहेको दाबी गरे ।

    साथै भारत र पहाडी जिल्ला जाने यात्रुहरुका लागि गाडीको पनि व्यवस्था गरिने उनले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार