Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

धनगढीमा सुविधा सम्पन्न 'शिव सागर होटल' सञ्चालनमा

धनगढीमा सुविधा सम्पन्न 'शिव सागर होटल' सञ्चालनमा

बिहिवार , फाल्गुण २२, २०८१

धनगढी । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा सुविधा सम्पन्न शिव सागर होटल एण्ड लज सञ्चालनमा आएको छ ।

झण्डै आधा करोड लगानी गरेर सञ्चालनमा आएको शिव सागर होटल बिहीबारदेखि औपचारीक रुपमा सञ्चालन भएको हो । धनगढीस्थित ट्राफिक चौराहा नजिकै उक्त होटल खुलेको छ ।

होटल सञ्चालक तथा युवा व्यवसायी रमेश बहादुर थापाका अनुसार झण्डै आधा करोडको लगानीमा होटल सञ्चालमा ल्याइएको हो । उनले आफ्नो होटेलमा खाना, बास बस्नसहित नास्ताको पनि व्यवस्था रहेको बताए ।

साथै गाडी पार्किङको पनि सुविधा रहको छ । उक्त होटल सञ्चालमा आएसँगै अब काम गर्न नेपाल-भारत आवतजावत गर्ने नेपालीहरुका लागि खाना खान र बस्नका लागि सहज हुने विश्वास गरिएको छ ।

साथै बास बस्नका लागि पनि एसी सहितका कोठाहरु पनि रहेको होटल सञ्चालक थापाले बताए । उनले आफ्नो होटलमा अन्य ठाउँका भन्दा सर्वशुलभ रहेको दाबी गरे ।

साथै भारत र पहाडी जिल्ला जाने यात्रुहरुका लागि गाडीको पनि व्यवस्था गरिने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077