Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

सरोज गुरागाईंलाई नै काममा लगाउन काठमाडौं महानगरलाई सरकारको पत्र

सरोज गुरागाईंलाई नै काममा लगाउन काठमाडौं महानगरलाई सरकारको पत्र

बिहिवार , फाल्गुण २२, २०८१

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई काम गर्ने वातावरण बनाइदिन भन्दै काठमाडौं महानगरपालिकालाई पत्राचार गरेको छ ।

मन्त्रालयले काठमाडौं महानगरलाई पत्र लेखेर प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई काम गर्ने वातावरण बनाइदिनका लागि आग्रह गरेको हो।

मन्त्रालयको पत्रमा भनिएको छ,‘महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोजप्रसाद गुरागाईले आफूलाई खटाइएको कार्यालयको कार्यकक्षमा प्रवेश गर्न अवरोध सिर्जना गरी कार्यवातावरण विथोलिएको तथा मिति २०८१/०९/०८ देखि हाजिर गर्न नपाएको अवस्था रहेकोले आवश्यक व्यवस्थापन गरी कार्य वातावरण सहज बनाइदिनु हुन भनी यस मन्त्रालयमा निवेदन पेस गर्नु भएको हुँदा निजलाई तहाँ महानगरपालिकामा हाजिर भई कार्य सम्पादनका लागि आवश्यक सहजीकरण गरिदिनु हुन यस मन्त्रालय (मा. मन्त्रीस्तर) को २०८१/११/२१ को निर्णयानुसार अनुरोध छ।’

काठमाडौं महानगरपालिकामा खटाइएका गुरागाईंले आफूलाई गत पुस ८ गतेदेखि कार्यालयमा हाजिर गर्न नदिएको भन्दै मन्त्रालयसमक्ष लिखित गुनासो गरेका थिए ।

महानगर प्रमुख बालेनले आफ्नो कार्यकक्षमा ताला लगाई काम गर्न नदिएको तथा अनेक झुटा लाञ्छनाहरू समेत लगाएको गुरागाईंले मन्त्रालयलाई दिएको निवेदनमा उल्लेख छ ।

त्यसअघि गुरागाईंले सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेर आफूलाई महानगरमा काम गर्ने माहोल बनाइदिन आग्रह गरेका थिए।

गुरागाईंको पत्र पाएपछि सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको अध्यक्षतामा बैठक बसेको थियो। बैठकले गुरागाईंलाई नै काठमाडौं महानगरमा नै निरन्तरता दिनुपर्ने निष्कर्ष निकालेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077