Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

दार्चुलामा जिप दुर्घटना हुँदा चालकको मृत्यु

दार्चुलामा जिप दुर्घटना हुँदा चालकको मृत्यु

बुधवार , फाल्गुण २१, २०८१

दार्चुला । दार्चुलामा जिप दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार मृत्यु हुनेमा महाकाली नगरपालिका २ का २५ वर्षीय महेश भुल रहेका छन् ।

आज दिउँसो ४ बजे जिल्लाको महाकाली नगरपालिका-२ मुल्लामा सुपप्र –००१ ज ०००५ नम्बरको जिप दुर्घटना भएको थियो।

भुलको जिल्ला अस्पताल दार्चुलामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा महाकाली नगरपालिका-२ घर भएका १५ वर्षीय सागर भुल र ३ वर्षीय धौले भुलको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077