दार्चुला । दार्चुलामा जिप दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार मृत्यु हुनेमा महाकाली नगरपालिका २ का २५ वर्षीय महेश भुल रहेका छन् ।
आज दिउँसो ४ बजे जिल्लाको महाकाली नगरपालिका-२ मुल्लामा सुपप्र –००१ ज ०००५ नम्बरको जिप दुर्घटना भएको थियो।
भुलको जिल्ला अस्पताल दार्चुलामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा महाकाली नगरपालिका-२ घर भएका १५ वर्षीय सागर भुल र ३ वर्षीय धौले भुलको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
Leave a Reply