Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

प्रधानमन्त्रीलाई हिटलर हो भनेर सोध्ने दुई जना पत्रकारको संसद पास निलम्बन

प्रधानमन्त्रीलाई हिटलर हो भनेर सोध्ने दुई जना पत्रकारको संसद पास निलम्बन

बुधवार , फाल्गुण २१, २०८१

काठमाडौं । संघीय संसद सचिवालयले दुई जना पत्रकारको संसद प्रवेश पास निलम्बन गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गर्दा गलत शब्द प्रयोग गरेको भन्दै उनीहरूले प्राप्त गरेका संसद प्रवेश पास निलम्बन गरेको हो ।

गत फागुन ४ गते ती पत्रकारहरूले प्रधानमन्त्री ओलीलाई प्रश्न सोधेका थिए।

सचिवालयको महासचिवस्तरीय निर्णयबाट सुनौलो नेपाल युट्युब च्यानलका प्रकाश ओली र युवा मन नेपाल च्यानलका किशोरकुमार श्रेष्ठलाई एक महिना संसद भवन प्रवेशमा रोक लगाएको हो।

ती पत्रकारहरूले संसद भवन परिसरभित्र देखाएको व्यवहार र शैलीले संसदीय मर्यादा र अनुशासनको उल्लङ्घन भएको देखिएको सचिवालयको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077