Online Nepal
  • शुक्रबार, ८ चैत्र २०८१
  • मधेश शहीद प्रतिष्ठानका सदस्य मृत फेला

    मधेश शहीद प्रतिष्ठानका सदस्य मृत फेला

    अनलाइन नेपाल
  • मंगलबार, २० फाल्गुन २०८१
  • 240
    SHARES

    फाइल तस्विर

    धनुषा । मधेश शहीद प्रतिष्ठानका सदस्य मृत फेला परेका छन्।

    मधेश भवनभित्र रहेको आवासमा मधेश शहीद प्रतिष्ठानका सदस्य नरेश यादव आज बिहान आफ्नै ओछ्यानमा मृत फेला परेका हुन् ।



    उनले त्यहाँ बान्ता गरेको भेटिएको छ। मृत्युको कारण भने नखुलेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

    शव बिहानै पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको छ ।

    घटना बारेमा थप अनुसन्धान भइरहेको र पोस्टमार्टम रिपोर्टपश्चात उनको मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार