Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

पालैपालो १८ विद्यार्थी बेहोस भएपछि नेपाल राष्ट्रिय मावि दुई दिनका लागि बिदा

पालैपालो १८ विद्यार्थी बेहोस भएपछि नेपाल राष्ट्रिय मावि दुई दिनका लागि बिदा

सोमवार , फाल्गुण १९, २०८१

जनकपुरधाम । पर्साको कालिकामाई गाउँपालिका–४ कटिबलुवास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय दुई दिनका लागि बन्द गरिएको छ । सोमबार विद्यालयमा अध्ययनरत १८ विद्यार्थी अचानक बेहोस भएपछि मंगलबार र बुधबारका लागि विद्यालय बन्द गरिएको हो ।

बेहोस् भएका १७ विद्यार्थी उपचारपछि घर फर्केका छन् भने एक जना अझै उपचाररत छन् । कालिकामाईका अध्यक्ष बशिष्ट कुमारका अनुसार एक विद्यार्थीको अवस्था अलि बढी बिग्रेपछि वीरगंज लग्नुपरेको छ । बाँकी विद्यार्थीहरु पोखरीस्थित अस्पतालमा उपचारपछि घर फर्किसकेका छन् ।

एकपछि अर्को विद्यार्थी अचानक बेहोस भएर लड्न थालेपछि विद्यालयमा भागाभाग मच्चिएको थियो । अध्यक्ष बशिष्टले भने–‘विद्यालय आएलगत्तै पहिले एक छात्रा बेहोस भएकी थिइन् । एक घण्टापछि एकपछि अर्को गर्दै १८ विद्यार्थी बेहोस भए ।’

बेहोस भएका सबै विद्यार्थीलाई एम्बुलेन्समा पोखरी लगेर उपचार गराएको अध्यक्ष बशिष्टले बताए । विद्यार्थीहरु किन बेहोस भएको कुरा खुल्न सकेको छैन् । कतिपयले भूतप्रेतको प्रकोपले विद्यार्थीलाई बेहोस पारेको बताउँछन् ।

बेहोस हुने समस्याले विद्यालयमा अध्ययनरत विद्यार्थीहरु त्रसित बनेका छन् । विद्यालयको पठन–पाठन सोमवार ठप्प रह्यो । गाउँपालिकाले थप दुई दिन विद्यालय बन्द गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077