Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

भ्रष्टाचार मुद्धामा बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष सिलवालले पाए सफाइ

भ्रष्टाचार मुद्धामा बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष सिलवालले पाए सफाइ

आइतवार , फाल्गुण १८, २०८१

काठमाडौं । भ्रष्टाचार मुद्धामा बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष सूर्यप्रसाद सिलवालले सफाइ पाएका छन् ।

विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले सिलवालमाथिको आरोप पुष्टि हुन नसक्ने फैसला गरेको हो।

२४ मंसिरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिलवालमाथि नपाएको ओहोदा लिएको र झुटा विवरण पेश गरी भ्रष्टाचार गरेको आरोप लगाएको थियो ।

नागरिकतामा भएको जन्ममितिको विवरण सच्याएर आफ्नो पदावधि लम्ब्याएका भन्ने आरोपबाट पनि विशेष अदालतले सफाइ दिएको हो ।

सिलवालमाथि मुद्दा चलिरहेकै बेला सरकारले गत सातामात्र बीमा प्राधिकरणको अध्यक्षमा सरद ओझालाई नियुक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077