Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

सम्झनामा प्रथम महिला न्यायाधीश : आज सर्वोच्चका कुनै पनि इजलास नबस्ने

सम्झनामा प्रथम महिला न्यायाधीश : आज सर्वोच्चका कुनै पनि इजलास नबस्ने

आइतवार , फाल्गुण १८, २०८१

काठमाडौं । नेपालकै प्रथम महिला न्यायाधीश तथा सर्वोच्च अदालत पुग्ने दोस्रो महिला न्यायाधीश शारदा श्रेष्ठको निधनमा शोक व्यक्त गर्दै आज सर्वोच्च अदालतले कुनै पनि इजलास नबस्ने निर्णय गरेको छ ।

सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले आइतबार सर्वोच्च अदालतका कुनै पनि इजलास नबस्ने निर्णय भएको जानकारी दिए ।

पहिलो महिला न्यायाधीश श्रेष्ठको शुक्रबार निधन भएको थियो । उनी ८४ वर्षकी थिइन् ।

उनी ३ बैशाख २०६१ मा सर्वोच्च अदालतको न्यायाधीश भएकी थिइन् । २० जेठ २०६५ मा उनले अवकाश पाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077