Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

सशस्त्र प्रहरीले भन्यो - पदमार्गमा यात्रा गर्दा सावधानी अपनाउनू

सशस्त्र प्रहरीले भन्यो - पदमार्गमा यात्रा गर्दा सावधानी अपनाउनू

आइतवार , फाल्गुण १८, २०८१

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले गोरखाको साम्दो इलाकामा पर्ने पदमार्गमा यात्रा गर्दा सावधानी अपनाउन अनुरोध गरेको छ।

चुमनुब्री–१ साम्दो क्षेत्रमा हाल ३ फिटसम्म हिउँ परेकोले सो पदमार्गमा यात्रा गर्ने पर्यटकहरूलाई सावधान रहन भनेको हो । केही दिन यता भएको भारी हिमपातले बाटोघाटो अवरुद्ध भएपछि बिओपी साम्दोले हिउँ पन्छाउने कार्य पनि निरन्तर गरिरहेको छ ।

यसैगरी उत्तरतर्फका पदमार्गका कतिपय ठाउँमा हाल सशस्त्र प्रहरी बल नेपालका बोर्डर आउट पोस्ट स्थापना भइसकेका र अन्य स्थानमा पनि बिओपी स्थापना गरिने योजना रहेकोले हाल रहेका बिओपीहरूले ती क्षेत्रमा विपद् उद्धारलाई पनि उच्च प्राथमिकता राखेर कार्य गरिरहेको छ।

हाल उत्तरतर्फ १० वटा बिओपी रहेकोमा प्रत्येक १० किलोमिटरमा स्थापना गर्ने संगठनको दीर्घकालीन लक्ष्य रहेको छ। हिमाली क्षेत्रमा आवतजावत गर्दा कुनै समस्या भएमा र सूचनाको लागि सशस्त्र प्रहरी बल नेपालको हटलाइन नम्बर १११४ मा फोन गर्न समेत अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077