Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

चट्याङ लागेर तीनजना घाइते, दुईको अवस्था गम्भीर

चट्याङ लागेर तीनजना घाइते, दुईको अवस्था गम्भीर

शनिवार , फाल्गुण १७, २०८१

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका-६, रुपाचुरीमा चट्याङ पर्दा तीनजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार दिउँसो करिब २ बजेतिर हावाहुरीसहितको वर्षाका क्रममा अचानक चट्याङ पर्दा तीनजना घाइते भएका हुन् ।

घाइते हुनेमा ३८ वर्षीय मंगल मुक्तान, उनका १८ वर्षीय छोरा कल्सान मुक्तान र २७ वर्षीया कालिमान बल रहेका छन् । चट्याङका कारण मंगल मुक्तानको छातीमा भित्री चोट लागेको छ भने मुखबाट रगत बगेको अवस्था रहेको छ।

त्यस्तै, कालिमान बल लाई पनि छातीमा गम्भीर चोट लागेको छ भने कल्सान मुक्तान सामान्य घाइते छन् । घाइते तीनै जनालाई उपचारका लागि भरतपुरस्थित सरकारी अस्पतालमा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077