धनुषा। धनुषामा एक महिलाको शव घरकै पूजाकोठामा गाडेको अवस्थामा फेला परेको छ ।
धनुषाको लक्ष्मीनिया गाउँपालिका बनिनियाकी २० वर्षीया अञ्जली यादवको शव सडेगलेको अवस्थामा फेला परेको हो ।
स्थानीयले एकाएक अञ्जली हराएको तथा उनका श्रीमान् बेपत्ता भएको खबर गरेपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो।
त्यसक्रममा शनिबार दिउँसो १ बजे कोठाभित्रै गाडेको अवस्थामा अञ्जलीको शव फेला परेको धनुषा प्रहरीले जनाएको छ।
श्रीमान् हरिराम यादव फरार रहेकाले अञ्जलीको हत्या गरेर उनैले शव गाडेको हुन सक्ने प्रहरीको आशंका छ ।
रामहरिसँगै उनीहरूका १० महिनाकी छोरीको पनि पत्तो लागेको छैन ।