Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

भारी हिमपातले नाग्म–गमगढी लोकमार्ग अवरुद्ध

भारी हिमपातले नाग्म–गमगढी लोकमार्ग अवरुद्ध

शनिवार , फाल्गुण १७, २०८१

मुगु । हिमाली जिल्ला मुगुमा परेको भारी हिमपातले कर्णाली लोकमार्गअन्तर्गत नाग्म–गमगढी सडक अवरुद्ध भएको छ ।

बिहीबारदेखि परेको भारी हिमपातले नाग्म–गमगढी सडकअन्तर्गत घुच्चीलेकमा हिमपात हुँदा सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएसँगै जनजीवन प्रभावित भएको छ । घुच्चीलेकमा हिउँ जमेकाले मालवाहक र यात्रुवाहक दर्जनौँ सवारीसाधनहरू घुच्चीलेकमै अलपत्र परेका छन् । घुच्चीदेखि वाँदखोलासम्म सडकमा झण्डै एक फिटभन्दा बढी हिउँ जमेको छ ।

जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी कलमलप्रसाद पाण्डे सडक डिभिजन कार्यालय जुम्लासँग एक्स्काभेटरबाट जमेको हिउँ पन्छाउनलाई समन्वय भएको जानकारी दिए ।

आज दिउँसो २ बजे भित्र हिउँ पन्छाउने लक्ष्य राखेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077