Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

शून्य भेद्‍भाव र समुद्री घाँस दिवस आज

शून्य भेद्‍भाव र समुद्री घाँस दिवस आज

शनिवार , फाल्गुण १७, २०८१

काठमाडौं । आज शून्य भेदभाव दिवस हो। समुद्री घाँस दिवस पनि आजै परेको छ। विश्वबाट सबै प्रकारका भेदभाव अन्त्य गर्ने तथा त्यसप्रति विश्वव्यापी ऐक्यबद्धता जनाउन संयुक्त राष्ट्रसङ्घको आह्वानमा शून्य भेदभाव दिवस मनाउन थालिएको हो।

सोही विश्वसंस्थाको आह्वानमा समुद्रको पारिस्थितिक प्रणाली संरक्षणका निम्ति चेतना जगाउन सन् २०२२ देखि विश्व घाँस दिवस पनि मनाउन प्रारम्भ भएको हो।

यसबाट जलवायु परिवर्तनको प्रभावलाई सम्बोधन गर्न तथा तटीय क्षेत्रका मानिसलाई बाढी र आँधीबेहरीको जोखिमबाट जोगाउन समुद्री घाँस महत्वपूर्ण मानिएको छ।

राष्ट्रसङ्घका अनुसार एचआइभी सम्बन्धित कलङ्क र भेदभाव हटाउने कार्यका लागि विश्वव्यापी साझेदारीअन्तर्गत एकताबद्ध भएका ४१ देश र असङ्ख्य साझेदारहरूको प्रतिबद्धताको प्रशंसा गर्ने यो महत्त्वपूर्ण क्षण हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077