Online Nepal
  • शनिबार, २ चैत्र २०८१
  • भूकम्पबाट संखुवासभामा दुई घरमा क्षति

    भूकम्पबाट संखुवासभामा दुई घरमा क्षति

    अनलाइन नेपाल
  • शुक्रबार, १६ फाल्गुन २०८१
  • 252
    SHARES

    फाइल तस्विर

    संखुवासभा । आज बिहान गएको भूकम्पले संखुवासभाको भोटखोला गाउँपालिका र पाँचखपन नगरपालिकामा दुई घर भत्किएका छन् ।

    भोटखोलामा एक र पाँचखपनमा एक घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।



    सिन्धुपाल्चोकको भैरबकुण्ड आसपास केन्द्रविन्दु भएर बिहान २ः५१ बजे गएको ६।१ म्याग्निच्युडको भूकम्पले भोटखोला–१, किमाथांकाका फुर्पुनावा भोटे र पाँचखपन नगरपालिका–१, नागीडाँडाका लाक्पा दोर्जेको घरमा क्षति पुगेको प्रनाउ बस्नेतले बताए ।

    नावा भोटेको दुईतले टिनको छानो भएको घरमा आंशिक क्षति पुगेको छ । त्यसैगरी लाक्पाको ढुंगा माटोले बनेको दुईतले घर चिरा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    सदरमुकाम खाँदबारी आसपासका क्षेत्रमा भूकम्पको ठूलो धक्का महसुस गरिएको थियो । गत पुस २३ गते चीन प्रान्तको दिंगे काउन्टीमा केन्द्रविन्दु भएर सात रेक्टर स्केलको भूकम्प जाँदा किमाथांकामा एक घरमा क्षति पुगेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार