Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

भूकम्पबाट संखुवासभामा दुई घरमा क्षति

भूकम्पबाट संखुवासभामा दुई घरमा क्षति

शुक्रवार , फाल्गुण १६, २०८१

संखुवासभा । आज बिहान गएको भूकम्पले संखुवासभाको भोटखोला गाउँपालिका र पाँचखपन नगरपालिकामा दुई घर भत्किएका छन् ।

भोटखोलामा एक र पाँचखपनमा एक घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

सिन्धुपाल्चोकको भैरबकुण्ड आसपास केन्द्रविन्दु भएर बिहान २ः५१ बजे गएको ६।१ म्याग्निच्युडको भूकम्पले भोटखोला–१, किमाथांकाका फुर्पुनावा भोटे र पाँचखपन नगरपालिका–१, नागीडाँडाका लाक्पा दोर्जेको घरमा क्षति पुगेको प्रनाउ बस्नेतले बताए ।

नावा भोटेको दुईतले टिनको छानो भएको घरमा आंशिक क्षति पुगेको छ । त्यसैगरी लाक्पाको ढुंगा माटोले बनेको दुईतले घर चिरा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सदरमुकाम खाँदबारी आसपासका क्षेत्रमा भूकम्पको ठूलो धक्का महसुस गरिएको थियो । गत पुस २३ गते चीन प्रान्तको दिंगे काउन्टीमा केन्द्रविन्दु भएर सात रेक्टर स्केलको भूकम्प जाँदा किमाथांकामा एक घरमा क्षति पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077