अछाम । अछामको चौरपाटी गाउँपालिकामा एक घर नलेर नष्ट भएको छ । शुक्रबार दिउँसो वडा नम्बर १ सिउँडी खेडिगाउँ बस्ने लाल बहादुर आउजीको घरमा आगलागी भएको हो ।
आगो ताप्न बालेको आगो सल्केर घरमा लागेको बताइएको छ । आगलागीको घटना थाहा पाएपछि प्रहरी चौकी सिउँडीको टोली घटना स्थल पुगेको थियो ।
स्थानीयहरुले आगलागी नियन्त्रणमा लिएका थिए । आगलागीबाट खाद्यान्न र लत्ताकपडा जलेर खरानी भएको छ । त्यसपछि चौरपाटी गाउँपालिकाका अध्यक्ष भीम बहादुर साउँद राहत लगेर पीडितलाई भेट्न पुगेका थिए ।
राहत सामग्री लिएर गाउँपालिकाका अध्यक्ष भीमबहादुर स्वयं पीडितको घरमै पुगेका थिए र आउजीको परिवारलाई राहत हस्तान्तरण गरे ।
उनले आगलागी पीडितलाई तत्काल राहतस्वरूप खाद्यान्न, लत्ताकपडा र त्रिपाल प्रदान गरिएको अध्यक्ष साउँदले जानकारी दिए । राहतको सामाग्री प्राप्त गर्दा परिवार र स्थानीयले गाउँपालिकाको तर्फबाट भएको सहयोगको प्रशंसा गरेका छन् ।