काठमाडौं । नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ।
शुक्रबार बिहान महाराजगञ्जस्थित प्रहरी अस्पतालमा श्रेष्ठको निधन भएको हो।
श्रेष्ठ नेपालको पहिलो महिला न्यायाधीश तथा सर्वोच्च अदालतमा पुग्ने दोस्रो महिला न्यायाधीश हुन्।
उनी ३ बैशाख २०६१ मा सर्वोच्च अदालतको न्यायाधीश भएकी थिइन् ।
२० जेठ २०६५ मा उनले अवकाश पाएकी थिइन्। ८४ वर्षको उमेरमा उनको निधन भएको हो ।