काठमाडौं । सिन्धुपाल्चोकको भैरव कुण्ड केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण पहिरो खसेको छ ।
सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–३ तुसारेस्थित दुगुनागढीमा पहिरो खसेको हो । मानवीय बस्ती नभएको ठाउमा सुक्खा पहिरो गएको बताइएको छ ।
हालसम्म मानवीय क्षतिको भने भएको छैन । जिल्ला कारागारको दोस्रो तलाबाट हामफाल्ने क्रममा एक कैदीबन्दी घाइते भएका छन् ।
दोस्रो तलाबाट हामफाल्ने क्रममा एकजना कैदीको हात भाँचिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
शुक्रबार विहान २ः५१ बजे सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो।
Leave a Reply