Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

सिन्धुपाल्चोक भूकम्प : दुगुनागढीमा पहिरो, कैदीको हात भाँचियो !

सिन्धुपाल्चोक भूकम्प : दुगुनागढीमा पहिरो, कैदीको हात भाँचियो !

शुक्रवार , फाल्गुण १६, २०८१

काठमाडौं । सिन्धुपाल्चोकको भैरव कुण्ड केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण पहिरो खसेको छ ।

सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–३ तुसारेस्थित दुगुनागढीमा पहिरो खसेको हो । मानवीय बस्ती नभएको ठाउमा सुक्खा पहिरो गएको बताइएको छ ।

हालसम्म मानवीय क्षतिको भने भएको छैन । जिल्ला कारागारको दोस्रो तलाबाट हामफाल्ने क्रममा एक कैदीबन्दी घाइते भएका छन् ।

दोस्रो तलाबाट हामफाल्ने क्रममा एकजना कैदीको हात भाँचिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

शुक्रबार विहान २ः५१ बजे सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077