Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

काभ्रेमा सुक्खा पहिरोले एक मजदुरको मृत्यु

काभ्रेमा सुक्खा पहिरोले एक मजदुरको मृत्यु

बिहिवार , फाल्गुण १५, २०८१

काभ्रे । सुक्खा पहिरो जाँदा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–१, कानाकोटमा एक मजदुरको घटनास्थलमै मृत्यु भएको छ।

वृद्धाश्रमको भवन बनाउने क्रममा माथिबाट सुक्खा पहिरो आई भवनको दोस्रो तलाको पिल्लर ढलेर किच्दा पर्साको सखुवापर्सेनी गाउँपालिका–३ स्थायी ठेगाना भएका ३८ वर्षीय दुर्जन माझीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सुक्खा पहिराले पिलर ढल्दा रडले टाउकोमा लागि घटनास्थलमै माझीको मृत्यु भएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077