काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन खोजिएपछि सरकारविरुद्ध प्रदर्शन भएको छ । बिहीबार नागरिकले माइतीघर मण्डलामा खबरदारी कार्यक्रम गरेका हुन् ।
ऊर्जामन्त्री दीपक खड्काले घिसिङलाई पदबाट हटाउन दुई पटकसम्म स्पष्टीकरण सोधिसकेका छन् ।
प्रदर्शनमा सहभागीहरूले ‘देशलाई अन्धकारमा धकेल्ने सरकार चाहिँदैन,’ ‘कुलमान हटाउन पाइँदैन’, ‘स्काउटको जग्गाको भाडा तुरुन्त तिर’लगायतका नारा लगाएका छन् ।
पछिल्लो पटक घिसिङले आफूलाई पदबाट हटाउने सम्बन्धमा लगाएका आरोपलाई अस्वीकार गर्दै ऊर्जा मन्त्रालयमा स्पष्टीकरण समेत पेश गरिसकेका छन् ।