Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

धोबीखोला करिडोरमा एक व्यक्तिको शव फेला

धोबीखोला करिडोरमा एक व्यक्तिको शव फेला

बिहिवार , फाल्गुण १५, २०८१

काठमाडौं । सुकेधारास्थित धोबीखोला करिडोर नजिक एक जना व्यक्तिको शव भेटिएको छ।

धोबीखोला करिडोर नजिक धनवन्तरी फुटसल परिसरमा ओलखढुंगा स्थायी घर भएका अड्विर राईको शव भेटिएको हो ।

शव भेटिएको सूचना पाएलगत्तै प्रहरी वृत्त, महाराजगञ्जको टोली घटनास्थलमा पुगेको थियो।

उनको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

शंकास्पद देखिएपछि यो प्रकरणमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले समेत जाँच गरिरहेको छ । मृतक राईको टाउकोमा गम्भीर चोटहरु देखिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077