Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

हवाई उद्धारको भाडा विपद् कोषबाट भुक्तानी हुने

हवाई उद्धारको भाडा विपद् कोषबाट भुक्तानी हुने

बिहिवार , फाल्गुण १५, २०८१

काठमाडौं। विपद्‌मा परेकाहरूको हवाई उद्धारमा लागेको भाडा विपद् कोषबाट भुक्तानी हुने भएको छ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २९औं बैठकले उक्त निर्णय गरेको हो।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आजको बैठकले पश्चिम नेपालमा गएको भूकम्पबाट क्षति पुगेका निजी आवासको विस्तृत क्षति आकलन र पुनर्लाभ कार्यक्रमका लागि थप जनशक्ति तथा कार्यालय व्यवस्थापनका लागि आवश्यक बजेट समेत स्वीकृत गरेको छ।

बैठकले विपद् स्वयंसेवक परिचालन तालिम पाठ्यक्रम २०८१ समेत स्वीकृत गरेको छ। बैठक गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077