Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

महाशिवरात्रीको अवसरमा काठमाडौंमा ‘ध्वनि चिकित्सा तथा योग’ कार्यक्रम सम्पन्न

महाशिवरात्रीको अवसरमा काठमाडौंमा ‘ध्वनि चिकित्सा तथा योग’ कार्यक्रम सम्पन्न

बुधवार , फाल्गुण १४, २०८१

काठमाडौं । महाशिवरात्रीको अवसरमा काठमाडौंको रामकोटस्थित कालुपाण्डे समाधि स्थल नजिक हिमालय रिसोर्टमा ध्वनि चिकित्सा तथा योग कार्यक्रम सम्पन्न भएको छ ।

नेचुरल साउण्ड हिलिंग इन्टरनेशनल स्कूलको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा ध्वनि चिकित्सा तथा योग प्रशिक्षक आकाश बन्जाराको नेतृत्वमा योगी अशोक भट्ट, अनिल त्यागी, ध्वनि चिकित्सक कपिल बगाले र एलिस बन्जाराले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा ठमेलका पर्यटन व्यवसायीहरू, ट्राभल एण्ड टुर कम्पनीका प्रतिनिधिहरू, होटल व्यवसायीहरू, नेपाल सरकारका विभिन्न निकायका कर्मचारी, कलेजका विद्यार्थी, विभिन्न राष्ट्रका ट्राभल एजेन्ट तथा पर्यटन दूतहरू, डाक्टर तथा नर्सहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

नेपालबाट सुरु भएको साउण्ड हिलिंग तथा योग पद्धतिलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउँदै आध्यात्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।

यसले नेपालको आर्थिक विकासमा योगदान पु¥याउनुका साथै रोजगारी सिर्जना गर्न मद्दत गर्ने विश्वास गरिएको छ।

साथै, नेपालीहरूलाई नै यसको महत्व तथा फाइदाबारे जानकारी गराई स्वस्थ जीवनशैली अपनाउन प्रोत्साहित गर्ने कार्यक्रमको उद्देश्य रहेको बताइएको छ । कार्यक्रममा शिव ताण्डव नृत्य प्रस्तुत गर्दै कलाकार सबनम महर्जनले विशेष आकर्षण थपेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077