Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

परराष्ट्रमन्त्री राणा र राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्त भोल्करबीच भेटवार्ता

परराष्ट्रमन्त्री राणा र राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्त भोल्करबीच भेटवार्ता

बुधवार , फाल्गुण १४, २०८१

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा र संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्त भोल्कर टुर्कबीच भेटवार्ता भएको छ।

मानवअधिकार परिषद्को ५८औं सत्रमा सहभागी हुन जेनेभा पुगेकी परराष्ट्रमन्त्री राणाले टुर्कसँग भेटवार्ता गरेकी हुन्।

भेटमा नेपालको मानवअधिकार परिषद्मा सक्रिय सहभागिता, योगदान तथा सन् २०२७-२९ कार्यकालका लागि नेपालले दिएको उम्मेदवारीबारे छलफल गरेको मन्त्री राणाले जानकारी दिएकी छन् ।

भेटवार्तामा नेपालको संक्रमणकालीन न्याय प्रक्रिया, जलवायु परिवर्तन, शान्ति, स्थायित्व तथा विकासका विषयमा समेत विचार आदान-प्रदान परराष्ट्रमन्त्री राणाले जानकारी दिइन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077