Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

स्याङ्जामा जिप दुर्घटना हुँदा चालकको मृत्यु

स्याङ्जामा जिप दुर्घटना हुँदा चालकको मृत्यु

बुधवार , फाल्गुण १४, २०८१

स्याङ्जा । स्याङ्जामा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

गल्याङ नगरपालिका–११ खरिपानीस्थित सिद्धार्थ राजमार्गमा भएको दुर्घटनामा पाल्पाको रम्भा गाउँपालिका–३ बस्ने जिप चालक २६ वर्षीय मित्रलाल अर्यालको मृत्यु भएको हो ।

दुर्घटनामा परी घाइते भएका चालकको गएराति गल्याङ नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु ३ च नम्बरको भ्यान सडकबाट झन्डै एक सय मिटर तल खसेको थियो । भ्यानमा चालकसहित चार जना सवार थिए ।

सहचालक पाल्पाको रम्भा गाउँपालिका–३ बस्ने २३ वर्षीय राधेश्याम बस्यालको पाल्पाको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077