Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

भारतको केआईआईटीबाट नेपाल फर्किएका विद्यार्थीहरूलाई टियुले भर्ना लिने

भारतको केआईआईटीबाट नेपाल फर्किएका विद्यार्थीहरूलाई टियुले भर्ना लिने

मंगलवार , फाल्गुण १३, २०८१

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (टियु) ले भारतको ओडीसास्थित केआइआइटी विश्वविद्यालयबाट नेपाल फर्किएका विद्यार्थीहरूको भर्ना लिने भएको छ ।

त्रिभुवन विश्वविद्यालयले मंगलबार विज्ञप्ति जारी गरेर नेपाल फर्किएका विद्यार्थीहरू पढ्न चाहेमा भर्ना लिने जानकारी दिएको हो ।

टियुले विश्वविद्यालयको क्रेडिट ट्रान्सफर नीतिअनुरुप भर्ना लिन सकिने जानकारी दिए ।

'भारतको ओडीसा राज्यको भुवनेश्वरस्थित केआइआइटीमा सिर्जना भएको समस्याको कारणले स्वदेश फिर्ता हुन बाध्य भएका नेपाली विद्यार्थीहरूले त्रिविमा सञ्चालित कार्यक्रम र विषयमा अध्ययन गर्न चाहेमा त्रिविको क्रेडिट ट्रान्सफर नीतिअनुरुप भर्ना गर्न सकिने ब्यहोरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ,' टियुको विज्ञप्तिमा भनिएको छ ।

उसले इच्छुक विद्यार्थी र अभिभावकलाई इमेलमार्फत सम्पर्क गर्न भनेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077