Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

महाशिवरात्रि भयरहित बनाउन पशुपतिमा ३ हजार प्रहरी खटाइँदै

महाशिवरात्रि भयरहित बनाउन पशुपतिमा ३ हजार प्रहरी खटाइँदै

मंगलवार , फाल्गुण १३, २०८१

काठमाडौं । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा ८९० ट्राफिक प्रहरी खटिने भएका छन् ।

महाशिवरात्रिमा पशुपतिनाथ क्षेत्रमा हुने भीडभाडलाई सुरक्षित एवं व्यवस्थित गर्न सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनासमेत सुरक्षामा खटिने भएका हुन् ।

पशुपति परिसरमा भीडभाड नियन्त्रण गर्न तथा भक्तजनलाई सजिलो गरी दर्शन गराउन सहयोग गर्न चार हजार स्वयम्सेवक खटिँदैछन् ।

महाशिवरात्रि पर्वलाई सुरक्षित र भयरहित तरिकाले मनाउनको लागि तीन हजारभन्दा बढी प्रहरी परिचालन हुने बताइएको छ ।

महाशिवरात्रिको ट्राफिक व्यवस्थापनका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरक्षा योजना बनाएर लागू गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077