काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति स्वर्णिम वाग्ले प्रयागराज महाकुम्भमा स्नान गरेका छन्।
भारतको उत्तर प्रदेशको प्रयागराजमा जारी महाकुम्भ मेलामा उपसभापति वाग्ले स्नान गरेका हुन् ।
सोमबार सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै वाग्लेले उक्त जाकारी दिए ।
उपसभापति वाग्ले प्रयागराज कुम्भ मेला आएर पूर्वज सम्झने मौका मिलेको बताए।
उनले दशौँ करोड मानिसको पवित्र स्थल प्रयागराज कुम्भ मेलामा आएर आफूलाई फरक अनुभूति भइरहेको बताए।
Leave a Reply