बागलुङ । ढोरपाटनमा यस वर्ष पहिलोपटक हिमपात भएको छ ।
लामो समयको खडेरीपछि आइतबार साँझदेखि वर्षासँगै यहाँ हिमपात भएको हो ।
हिमपातका कारण यसक्षेत्रमा चिसो बढेको छ । हिमपात भएपछि बाली फस्टाउने आशामा किसान खुसी भएका छन् ।
हिमपातले ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्र सेताम्य भएको ढोरपाटन सिकार आरक्षका रेन्जर विनोद विकले जानकारी दिए । हिमपातका कारण जनजीवन कष्टकर भएको छ ।