Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

केक काटेर मनाइयो प्रधानमन्त्री ओलीको जन्मदिन

केक काटेर मनाइयो प्रधानमन्त्री ओलीको जन्मदिन

आइतवार , फाल्गुण ११, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ७४औं जन्मदिन मनाएका छन्।

सातोबाटोस्थित एन्फा कम्पलेक्समा केपी ओली कपको उद्‍घाटन गर्दै प्रधानमन्त्री ओलीले जन्मदिन मनाएका हुन्।

पत्नी राधिका शाक्यले प्रधानमन्त्री ओलीलाई केक खुवाएर जन्मदिन मनाइएको थियो।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा आइतबारदेखि काठमाडौँमा तेस्रो संस्करणको केपी ओली कप फुटबल च्याम्पियनसिप भइरहेको छ ।

प्रतियोगिताको पहिलो खेल एन्फा कम्प्लेक्समा दिउँसो ३ बजेदेखि उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसी र एपीएफ एफसी हुने जनाइएको छ ।

प्रतियोगितामा दुई विदेशीसहित ९ टोलीले सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११, दोस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्ने युवा संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077