काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको कार्यसम्पादन मूल्याङ्कनमा विकासे मन्त्रालयको नतिजा कमजोर देखिएको छ ।
विकासे मन्त्रालयले कार्यसम्पादन मूल्याङ्कनमा उत्तीर्ण हुनका लागि आवश्यक अङ्कसमेत ल्याउन सकेका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ती मन्त्रालयले गरेका कार्यसम्झौताबमोजिम काम हुन सकेका छैनन् ।
ती मन्त्रालयका मन्त्रीले प्रधानमन्त्रीसँग २०८१ भदौ २७ गते कार्यसम्पादन सम्झौता गरेका थिए । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सार्वजनिक गरेको प्रगति विवरणले चालु आर्थिक वर्ष (२०८१/८२) को छ महिनामा मुलुकको पूर्वाधार विकासको मुख्य बागडोर समालेका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय र खानेपानी मन्त्रालयको नतिजा कमजोर देखाएको हो ।
विकासे मन्त्रालयको कार्यप्रगति कमजोर हुँदा लक्ष्यबमोजिम विकास खर्चसमेत हुन सकेको छैन । चालु आवको सात महिना बित्न लाग्दासमेत अहिलेसम्म मुलुकको समग्र विकास खर्च २० प्रतिशत मात्र हुन सकेको छ । गोरखापत्रबाट