Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

कुम्भ मेलाबाट फर्कि‌एका चार नेपालीको गाडी दुर्घटनामा मृत्यु

कुम्भ मेलाबाट फर्कि‌एका चार नेपालीको गाडी दुर्घटनामा मृत्यु

शनिवार , फाल्गुण १०, २०८१

जनकपुरधाम। प्रयागराजस्थित कुम्भ स्नान गरेर फर्किएका चार नेपालीको गाडी दुर्घटनामा मृत्यु भएको छ।

उत्तर प्रदेशको बाँसगाउँ थाना क्षेत्र अन्तर्गत गोरखपुर लिंक रोडमा ट्रयाक्टरको ट्रलीमा ठोक्किएर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।

शुक्रबार राति भएको दुर्घटनमा परेर ६ नेपाली गम्भीर घाइते भएका छन् । मृत्यु भएकामध्ये तीनजना सप्तरी र एकजना सुनसरीका हुन् ।

मृत्यु हुनेमा सप्तरीको कञ्चनरुप नगरपालिका–७ की लिलादेवी चौधरी, कञ्चनरुप–७ कै पर्शुराम चौधरी र कञ्चनरुप–५, पिपरा पूर्वकी हरिहरदेवी यादव छन् ।

दुर्घटनामा परेर सुनसरीको कुशाहा गाउँपालिका–१ की समतोलिया देवी यादवको पनि ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077