मकवानपुर । मकवानपुरमा घरको तीन तलामाथिबाट खसेर एक व्यक्तिको मृत्यु भएको छ ।
शुक्रबार हेटौँडा–५ सानोपोखरामा पाहुना गएका बेला चितवनको कालिका–६ खोलेसिमलका ६० वर्षीय गोविन्द अधिकारीको मृत्यु भएको हो । उनी मकवानपुरमा भिनाजु हरि लामिछानेको घरमा गएका थिए ।
शुक्रबार घरको तीन तलामाथि छतमा बसिरहेको अवस्थामा उनी अचानक छतबाट तल भुइँमा खसी घाइते भएका थिए । उनलाई आफन्तले उपचारका निम्ति हेटौँडा अस्पताल पुर्याएका थिए ।
थप उपचारका लागि नयाँ मेडिकल कलेज चितवन भरतपुर रिफर गरिएको थियो । उनको उपचारका क्रममा दिउँसो दुई बजे मृत्यु भएको बताइएको छ ।