काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कटाक्ष गरेका छन् ।
शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत उनले राष्ट्रको प्रतिष्ठा र जनताको आत्मसम्मानमा गम्भीर प्रश्न उठाएका हुन् । उनले नेपाली भएर बाँच्ने आधार त दिनुस् भनेका छन् ।
मेयर शाहले लेखेका छन्, 'प्यारो प्रधानमन्त्री ज्यु, अमेरिकाले corrupt भनिसक्यो, ईन्डियाले भिकारी भनिसक्यो, चिनले मान्छे गन्दैन। मलाई मेयर हो भनेर बिर्सिनुस, तर नेपाली भएर बाँच्ने आधार त दिनुस ?
बालेन शाहको यो भनाइले नेपालको वर्तमान राजनीतिक परिस्थिति र कूटनीतिक सम्बन्धबारे नयाँ बहस सिर्जना गरेको छ।