Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

केआईआईटीले प्रकृतिको नाममा नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने

केआईआईटीले प्रकृतिको नाममा नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने

बिहिवार , फाल्गुण ८, २०८१

काठमाडौं । भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी(केआईआईटी)ले प्रकृति लम्सालको नाममा छात्रवृत्ति दिने घोषणा गरेको छ।

युनिभर्सिटीले कलेजमा ज्यान गुमाएकी लम्सालको नाममा नेपाली विद्यार्थीका लागि छात्रवृत्ति दिने निर्णय गरेको हो ।

सामाजिक सञ्जाल एक्समा युनिभर्सिटीले भनेको छ,‘यो कदमले प्रकृति जस्ता थुप्रै होनाहार विद्यार्थीहरुलाई कुनै बाधाविना शिक्षा अघि बढाउन सहयोग पुग्नेछ।’

युनिभर्सिटीका सञ्चालक प्रा.अच्युदानन्द सामन्तले नयाँ दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर सञ्जीव शर्मा दास र नवीन अधिकारीसँग भेट गरेका थिए।

त्यसक्रममा प्रकृतिलाई न्याय दिलाउने विषयमा छलफल भएको भनिएको छ।आइतबार अपराह्न २० वर्षीय प्रकृति होस्टलको कोठामा मृत अवस्थामा फेला परेकी थिइन्।

उनले आफूमाथि सोही कलेजमा अध्ययरत एक विद्यार्थी मानसिक यातना दिइरहेको भन्दै अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा दुई पटक निवेदन दिएकी थिइन् ।

तर, कलेजले गम्भीरता देखाएको थिएन। साँझबाटै विद्यार्थीहरुले उनको न्यायको माग गर्दै प्रदर्शन थालेका थिए । तर, युनिभर्सिटी प्रशासनले प्रदर्शन गरेका विद्यार्थीहरुमाथि उल्टै दमन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077