काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेश संघीय सदनको दुवै सदनबाट स्वीकृत हुने सत्तारूढ दलको निष्कर्ष छ । सदनबाट अब अध्यादेश पास गर्ने प्रक्रिया अगाडि बढाउने निर्णयसमेत भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सत्तारूढ दलको बैठकमा दुवै सदनबाट अध्यादेश स्वीकृतिका ’दयगतमा छलफल भएको थियो ।
बैठकमा सहभागी नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री रमेश लेखकले सत्तारूढ दलहरूका शीर्ष नेताहरूको बैठकले अन्य दलसँग छलफल गरेर ६ फागुनमा बस्ने राष्ट्रिय सभाको बैठकबाट अध्यादेश पारित गर्ने सहमति भएको जनाए ।
‘सदनमा दर्ता भएका अध्यादेशका विषयमा छलफल भएको छ, छलफल सकारात्मक छ, अध्यादेश अघि बढाउन सबै सहमत भएका छौं,’ गृहमन्त्री लेखकले भने ।
अध्यादेशमा सहमति जुटाउनका लागि बसेको सत्तारूढ दलको शीर्ष नेताहरूको बैठकबाटै जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव, सहअध्यक्ष राजकिशोर यादवसँग फोनमा कुराकानी भएको उनले बताए । राजधानी दैनिकबाट