Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेससँग असहज महसुस गर्दै प्रधानमन्त्री ओली

कांग्रेससँग असहज महसुस गर्दै प्रधानमन्त्री ओली

बिहिवार , फाल्गुण १, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ नेपाली कांग्रेससँगको सत्ता सहकार्यमा असहज महसुस गर्न थालेका छन् ।

सरकार सञ्चालनको आवरणमा कांग्रेस सभापति शेरबहादुर देउवाबाट सहयोग पाएको जस्तो देखिए पनि प्रधानमन्त्री ओलीले भित्री रूपमा हस्तक्षेप र अवरोध महसुस गरेका छन् ।

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पछिल्लो समय प्रतिपक्षी दलभन्दा बढी कांग्रेसबाट असहयोग भइरहेको आफू निकटका नेतासँग बताउन थालेका छन् ।

सरकारले ल्याएको अध्यादेश कांग्रेस सभापति देउवाकै सहमतिमा आए पनि त्यसलाई संघीय संसद्को दुवै सदनबाट पारितका लागि कांग्रेसले प्रयास नगरेको बुझाइ ओलीको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077