Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

झन्डै दुई तिहाइ बहुमतको सरकार नैतिक संकटमा

झन्डै दुई तिहाइ बहुमतको सरकार नैतिक संकटमा

बुधवार , माघ ३०, २०८१

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले सरकारले ल्याएको ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ अस्वीकार गर्ने निर्णय गरेको छ । जसपाले प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकमा निर्णयार्थ पेस हुँदा यसको विरोधमा उभिने र विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

जसपा संसदीय दलको कार्यालय सिंहदरबारमा मंगलबार बसेको बैठकले भूमिसम्बन्धी अध्यादेशले दीर्घकालीन रूपमा देश र समग्र राष्ट्रको हितविपरीत रहेकाले विपक्षमा उभिने निष्कर्ष निकालेको हो ।

जसपा अध्यक्ष उपेन्द्र यादवले विभिन्न बहानामा विभिन्न व्यक्तिलाई जग्गाको परिमाण सीमा तथा क्षेत्रसमेत नतोकी बिक्री वितरण गर्ने वा बाँड्न ल्याइएको भूमिसम्बन्धी अध्यादेशप्रति गम्भीर असहमति र विरोध भएकाले त्यसको पक्षमा उभिन नसकिने जनाएका छन् ।

‘सरकारले जारी गरेका अध्यादेशमध्ये भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश विभिन्न बहानामा विभिन्न व्यक्तिलाई जग्गाको परिमाणको सीमा तथा क्षेत्रसमेत नतोकी बिक्री वितरण गर्न वा बाँड्न ल्याइएको देखिन्छ, यो अध्यादेशप्रति हाम्रो गम्भीर असहमति र विरोध रहेको छ,’ जसपा अध्यक्ष यादवले बैठकपश्चात जारी गरेको विज्ञप्तिमा उल्लेख छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077