Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुन तोलाको दुई लाखसम्म पुग्न सक्ने

सुन तोलाको दुई लाखसम्म पुग्न सक्ने

बुधवार , माघ ३०, २०८१

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य बढेर तोलाको एक लाख ७० हजार रुपियाँ नाघेको छ ।

सोमबार प्रतितोला एक लाख ६९ हजार छ सय रुपियाँमा कारोबार भएको सुनको मूल्य बढेर मङ्गलबार एक लाख ७० हजार दुई सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि गत कात्तिक ११ मा सुन प्रतितोला एक लाख ७१ हजार रुपियाँ पुगेको थियो । त्यतिबेला सरकारले सुन आयातमा लाग्दै भन्सार महसुल घटाएसँगै मूल्य घटेर एक लाख ४८ हजार रुपियाँ झरेको थियो ।

त्यसपछि दुई महिना उतारचढाव रहेको सुनको मूल्य माघ लागेसँगै पुनः बढ्न थालेको हो । अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो ।

मङ्गलबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुनको मूल्य दुई हजार ९२१ डलर पुगेको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रमले परिर्वतन गरेका नीतिका कारण सुनको मूल्य निरन्तर बढ्दै गएको हो । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077