Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अध्यादेश पारित गर्न सरकारलाई सकस

अध्यादेश पारित गर्न सरकारलाई सकस

शुक्रवार , माघ २५, २०८१

काठमाडौं । सरकारले संघीय संसद्मा निर्णयार्थ प्रस्तुत गरिने भनिएको अध्यादेश बिहीबारको कार्यसूचीबाट नै हटाइएको छ । सहमति हुन नसक्दा सरकारको आग्रहमा अध्यादेशलाई निर्णयार्थ प्रस्तुत नगरिएको हो ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवबीच सहमति हुन नसक्दा बिहीबार दुवै सदनमा निर्णयार्थ पेस हुने भनिएको अध्यादेश पेस हुन नसकेको हो ।

राष्ट्रिय सभामा अध्यादेश पास गर्न यादव नेतृत्वको जसपा नेपालको सहयोग सरकारलाई अनिवार्य चाहिन्छ । ५९ सदस्यीय राष्ट्रिय सभामा सामान्य बहुमतका लागि ३० सांसद चाहिन्छ । तर, सत्तापक्ष कांग्रेसका १६, एमालेका १० र लोसपाका १ गरी २७ सांसद मात्रै छन् ।

मनोनीत सांसद अञ्जान शाक्यले पनि सरकार पक्षलाई नै साथ दिने निश्चित भएकाले सत्तापक्षसँग २८ सांसद पुग्ने देखिन्छ । वामदेव गौतम, अञ्जन शाक्य र नारायण दाहाल मनोनीत सांसद हुन् । उनीहरूलाई ह्वीप लाग्दैन । वामदेवले अध्यादेशमा नसघाउने प्रस्ट परिसकेका छन् ।

राष्ट्रिय सभाको पछिल्लो गणितलाई हेर्दा अध्यादेशसहित कुनै पनि विषयमा बहुमतले निर्णय गर्न ३० जना सांसद आवश्यक पर्छ तर तत्काल त्यो संख्या सत्तारूढ दलसँग नहुँदा सत्तापक्षलाई सकस पर्ने देखिन्छ । यस्तो अवस्थामा जसपाको साथ सत्तारूढ पक्षले खोज्ने देखिएको छ ।

राष्ट्रिय सभामा जसपाका ३ सांसद छन् । जसपाले सरकारलाई समर्थन गरे पनि यो पार्टी सरकारमा सहभागी छैन । राष्ट्रिय सभामा अल्पमतमा पर्ने देखिएपछि सत्तारूढ दलले जसपासँग समर्थन खोजेको हो । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077