काठमाडौं । देशको सबैभन्दा ठूलो र पुरानो प्रजातान्त्रिक दल नेपाली कांग्रेसका भ्रातृ संगठनहरू तदर्थवादको शिकारले ‘कोमामा’ पुग्ने अवस्था आएको छ ।
नेता उत्पादनको नर्सरीका रूपमा खडा भएका भ्रातृ संगठनका जिम्मेवार व्यक्ति र पार्टी नेताहरूकै कारण वर्षौंसम्म महाधिवेशन गर्न नसक्दा निकम्मा बन्दै गएका हुन्।
पार्टीका भ्रातृ संगठनलाई विधि र विधानभन्दा पनि गुटगत स्वास्र्थ र तदर्थवादमा सञ्चालन गर्ने यो वा त्यो बहानाले निरन्तरता पाउँदा कांग्रेसका प्रमुख भ्रातृ संगठनहरूको महाधिवेशन वर्षौंदेखि हुन नसकेको नेताहरूले स्वीकार गर्ने गरेका छन्।
विगत आठ वर्षदेखि महाधिवेशन हुन नसकेका नेविसंघ, तरुण दल र महिला संघको महाधिवेशन गराउने जिम्मेवारीसहित गत असोज १६ गते पार्टी सभापति शेरबहादुर देउवाले सहमहामन्त्रीको नेतृत्वमा दुई–दुई केन्द्रीय सदस्य रहने गरी तीनवटा निर्देशन समिति गठन गरेका थिए । नेपाल समाचारपत्रबाट