Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

६ हजार कार्यालयको झन्डै ८५ खर्बको लेखापरीक्षण अन्तिम चरणमा

६ हजार कार्यालयको झन्डै ८५ खर्बको लेखापरीक्षण अन्तिम चरणमा

आइतवार , माघ २०, २०८१

काठमाडौं । महालेखापरीक्षकको कार्यालयले देशभरका झन्डै ६ हजार कार्यालयको ८५ खर्बभन्दा बढीको लेखापरीक्षण गर्ने कार्य अन्तिम चरणमा पुर्‍याएको छ।

महालेखाबाट देशभरमा खटिएको लेखापरीक्षण टोलीले संघ, प्रदेश र स्थानीय तहका झन्डै ६ हजार कार्यालयको लेखापरीक्षण कार्यलाई द्रुत गतिमा अघि बढाइरहेको छ।

महालेखा परीक्षक तोयम रायाले हालसम्म ४ हजार २ सयवटा सरकारी कार्यालयको लेखापरीक्षण सम्पन्न गरी प्रारम्भिक प्रतिवेदन जारी गरिएको जानकारी दिए ।

महालेखाले लेखापरीक्षण गरेका कार्यालयको प्रारम्भिक बेरुजु औंल्याउँदै त्यसमा सुधार गर्न तथा असुलउपर हुन सक्ने भए सोअनुसार असुल गर्न तथा आवश्यक राय सुझाव पठाउन भन्दै सबै ४ हजार २ सयवटा कार्यालयमा प्रारम्भिक प्रतिवेदन पठाएको हो।

यस्तै, लेखापरीक्षण गरिएका थप १८ सय कार्यालयको प्रारम्भिक प्रतिवेदन जारी गर्ने तयारी गरिएको कार्यालयले जनाएको छ। नेपाल समाचारपत्रबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077